आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो अस्पताल प्रा.लि बिच सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल प्रा.लि
माया मेट्रो अस्पताल प्रा.लि , धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्री संजिव जोशी र माया मेट्रो अस्पताल प्रा.लि, का अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई माया मेट्रो अस्पताल प्रा.लि, धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः  X-ray, USG, ECHO लगायतका सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्री संजिव जोशीले माया मेट्रो अस्पताल प्रा.लि, सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।