काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १५ औं वार्षिक साधारण सभा आज (असार २२ गते) बस्दैछ । साधारण सभा, अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारण सभामा १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । गणेश हिमाल हाइड्रोपावरले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।
सो आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैंकको ऋण भुक्तानी गर्नको लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गरीसकेको छ । यसर्थ, असार २ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।






























