काठमाडौं । रिलायन्स फाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज मंगलबार असार १९ गते अन्तिम दिन हो ।
यस कम्पनीको साधारण सभा असार ३१ गते बस्दैछ । यसका लागि बुधबार असार २० गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा रिलायन्स फाइनान्सले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।































