काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले पोखराको चिप्लेढुंगास्थित लेट मी इन प्रालि (कोरियन एस्थेटिक) मा उपलब्ध विभिन्न सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
ग्राहक सुविधा विस्तार गर्ने उद्देश्यले पोखरा फाइनान्स र लेट मी इन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा कोरियन एस्थेटिकमा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यबाट आफ्ना ग्राहकलाई थप सहुलियत र सुविधा उपलब्ध हुने विश्वास पोखरा फाइनान्सले व्यक्त गरेको छ।
पोखरा फाइनान्सले हाल देशभर ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ र सी–आस्बालगायतका बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
त्यस्तै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सेवासमेत प्रदान गर्दै आएको छ।































