रामेछाप । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता, खाद्य स्वच्छता तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ।
धर्मबहादुर थापा मगरको अध्यक्षतामा गठित जिल्ला कमिटीमा निम्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्।
नवगठित जिल्ला कमिटी
१. अध्यक्ष : धर्मबहादुर थापा मगर
२. उपाध्यक्ष : गेल्पु शेर्पा
३. सचिव : माधवराज आरण
४. उपसचिव : दुर्गाबहादुर कार्की
५. कोषाध्यक्ष : मानबहादुर आले
६. सदस्य : इन्द्रमाया माझी
७. सदस्य : मनोज श्रेष्ठ
८. सदस्य : मिरा गिरी
९. सदस्य : विनय कार्की
कार्यक्रमको अध्यक्षता फास्ट फुड एसोसिएसन नेपालका केन्द्रीय उपमहासचिव भीमप्रसाद आरणले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी मन्थली नगरपालिका वडा नं. २ का अध्यक्ष सुरेन्द्रबहादुर कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू राजकुमार श्रेष्ठ, फणिन्द्रबहादुर श्रेष्ठ र धनबहादुर श्रेष्ठ तथा सल्लाहकारहरू विष्णु श्रेष्ठ र लीलाबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य टीकाराज आरण, होटल व्यवसायी महासंघका अध्यक्ष गणेश थपलिया, पूर्वअध्यक्षहरू कविन्द्र लामा तथा सरोज तामाङ, लक्ष्मी श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, महेन्द्र श्रेष्ठ, दीपक श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यवसायी तथा अतिथिहरूको आतिथ्यता रहेको थियो।
व्यवसायीबीच एकता र सहकार्यमा जोड
कार्यक्रममा वक्ताहरूले फास्ट फुड व्यवसायलाई मर्यादित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीहरूबीच एकता, सहकार्य र खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
साथै नवगठित जिल्ला कमिटीले रामेछापका फास्ट फुड व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
नवगठित जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।





























