काठमाडौं । असोज महिनाभरि आकाशिएको अण्डाको मूल्य अहिले घटेको छ । नेपाल लेयर्स कुखुरापलक संघले आजबाटै लागू हुनेगरी अण्डाको नयाँ मूल्य समायोजन गरेको छ ।
संघले एक्सएल अण्डाको भाउ क्रेटमा ५७ रुपियाँले घटाएर प्रति क्रेट ५५८ रुपियाँ तोकेको छ । यसअघि एक्सएल अण्डा क्रेटको ६१५ रुपियाँ थियो।
ठूलो अण्डाको मूल्य पनि क्रेटमा ५७ रुपियाँ घटेर ५४३ रुपियाँ कायम भएको छ । यस अघि ठूलो अण्डा प्रतिक्रेट ६०० रुपियाँ थियो । मिडियम अण्डाको मूल्य भने क्रेटमा २२ रुपियाँ घटेर ५२८ रुपियाँ पुगेको छ । साथै, सानो अण्डा प्रतिक्रेट ४५७ रुपियाँ तोकिएको छ ।
यसअघि संघले अण्डाको माग बढी भएका र उत्पादन कम भएको हुँदा मुल्य बढी रहेको थिो । तर दशै सकिएसँगै माग घटेका कारण मूल्य घटाइएको संघले जनाएको छ ।





























