वाइ–फाइ नेपालको सह–ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी श्री पाण्डे नियुक्त

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाइ नेपालले सञ्चारकर्मी श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कम्पनीले पाण्डेलाई ब्रान्ड प्रवर्द्धनको नयाँ जिम्मेवारी प्रदान गरेको हो।

लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा सक्रिय पाण्डेको अनुभव र विश्वसनीयता वाइ-फाइ नेपालको गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवाप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

समारोहमा बोल्दै वाइ-फाइ नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) शत्रुहन पञ्जियारले भने, ‘श्री पाण्डेजस्तो अनुभवी सञ्चारकर्मीलाई वाइ-फाइ नेपाल परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। उहाँको अनुभव र समाजसँगको गहिरो सम्बन्धले हाम्रो ब्रान्डको मूल्य र प्रतिबद्धतालाई आम नागरिकसम्म अझ प्रभावकारी रूपमा पुर्‍याउने हामीले विश्वास गरेका छौँ।’

सह-ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि श्री पाण्डेले वाइ-फाइ नेपालजस्तो विश्वसनीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

वाइ-फाइ  नेपालले देशभरका घर-परिवार र व्यवसायलाई भरपर्दो, गुणस्तरीय र किफायती इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । डिजिटल पहुँच विस्तार गर्दै नेपाललाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ कम्पनीले निरन्तर आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।