बजारमा आज सुन चाँदी मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । बिहीबार ४ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।