काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
निष्काशन गर्न अनुमति पाएको कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि बिक्री खुला गरिएको हो।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन वैशाख २२ गते बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।






























