बजारमा आज सुन चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।