काठमाडौँ । बुधबार अपरान्ह काठमाडौँमा झरी परेको थियो र पनि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’मा बाक्लै चहलपहल थियो।
हरेक मानिसहरू मोबाइलमा फोटो खिच्दै थिए भने कोही बाइक स्कुटरका बारेमा सोधपुछ गर्दै थिए। र केही युवाहरू झरीको पर्वाह नगरी मोटरसाइकल वा स्कुटर साटासाट गर्दै थिए।
पुराना स्कुटर र बाइक चलाएर हत्तु भइरहेकालाई यो सुनौलो अवसर हो, जहाँ पुरानो बाइक स्कुटर दिएर नयाँ लिन सकिन्छ।
मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडलहरू प्रदर्शनमा थिए, जसमा प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र अपाचे सिरिज, कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र रेडियन, स्कुटर सेग्मेन्टमा टिभीएस एनटर्क र इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आइक्युब इलेक्ट्रिक प्रमुख आकर्षण थिए।
मेला अवधीमै ११० सिसिको स्कुटर पनि ल्याउन खोजिएको बताए मार्केटिङ प्रमुख सन्दिप शर्माले। उनले भने, ‘हामी तुरुन्तै नयाँ मोडलको स्कुटर ल्याउँदै छौँ।’
शर्माले भने, ‘एक्स चेन्जको हिसाबले नवीकरण भएको कुनै पनि बाइक वा स्कुटी (गुडे पनि नगुडे) एक्सचेञ्ज गर्छौ। साटिने सवारीको न्यूनतम मूल्यांकन रु ३०,००० प्रदान गरिनेछ भने ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा उच्चतम मूल्यांकनको व्यवस्था गरिएको छ।
नगदमा किन्नेका लागि ८ हजार छुट छ। ५० प्रतिशत गरेमा यस विशेष अवसरमा ग्राहकहरूले रु ८,००० सम्मको नगद छुट, थप मूल्यांकन सुविधा र ०५ ब्याजदरमा सवारी खरिद गर्न सक्नेछन् ।
(नियम तथा शर्त लागू हुने)। नयाँ सवारी खरिद गर्ने ग्राहकलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट निःशुल्क प्रदान गरिनेछ। मेला सुरु हुनुअघि जेठ ६ गतेसम्म प्रि–बुकिङ गर्ने ग्राहकले रू ५,००० बराबरको थप उपहार पाउनेछन्,’ शर्माले भने।
मेलामा लाइभ ब्यान्ड, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डको प्रदर्शनी, विभिन्न प्रकारका फूड स्टल र बालबालिकाका लागि विशेष बालमैत्री क्षेत्र जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ।
मेलामा टिभीएस ब्राण्डका बाइक स्कुटीको बारेमा जानकारी लिन सकिने पनि शर्माले बताए। उनले भने, ‘हामी बाइक र स्कुटर मात्रै बेच्ने सोचले यो एक्सचेञ्ज मेला राखेका होइनौ।
यो पारिवारिक वातावरण सिर्जना हुनका लागि सिंगो परिवतर भिजिट गर्न सक्नुहुन्छ। यहाँ बाइक र स्कुटरको स्टलबाहेक अन्य थुप्रै स्टलहरु छन् जहाँ घुमेर दिन बिताउन सकिन्छ।’
आगन्तुकलाई कुनै शुल्क लाग्ने छैन। टिभीस कम्पनीको इतिहास र नेपाल भित्रिएपछि त्यसको यात्राको बारेमा पनि जानकारी पाउन सकिन्छ। नयाँ पुस्ताले टिभीएसका इभी स्कुटर निकै रुचाएको बताउँछन् शर्मा।
शर्मा भन्छन्, ‘सबैभन्दा बढी अपाचेका बाइक र ब्लायक एनटवार्क खोजिने गरेको छ। र ती स्कुटर खोज्नेहरु २५ वर्षदेखि ४० वर्ष उमेर समूहको छन्।’
शर्माका अनुसार काठमाडौँमा टिभीसका २१ डिलर र ५० वटा रिकण्डिशन स्टेशनहरु छन् । मेलामा २ लाख ४२ हजारदेखि ८ लाख सम्म पर्ने बाइक छन्।
जगदम्बा मोटर्सले सवारी अद्यावधिक गर्न, नयाँ टिभीएस मोडेलबारे जानकारी लिन वा रमाइलो अनुभव लिन इच्छुक सबैलाई मेलामा सहभागी हुन आह्वान गरेको छ।
नेपालमा जगदम्बा मोटर्स टिभीएस ब्राण्डको आधिकारिक वितरक रहेको ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ मेला १२ गतेसम्म सञ्चालन हुनेछ।































