टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकहरुको उत्साहपूर्ण सहभागिता र बढिरहेको मागलाई ध्यानमा राखी प्रि–बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन बढाएको बताएको छ ।

यस अनुसार सो फेस्ट अब जेठ ७ सम्म चल्ने छ । फेस्ट गत जेठ १ देखि चलिरहेको छ । मेलामा ग्राहकले आँफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाको ब्रान्ड न्यू ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

यसरी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज वोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुबिधा पाइनेछ । यस्तै निःशुल्क जडानसहित चार्जिङ वक्स र एसेसोरिज समेत प्रदान गरिने कम्पनीको भनाई छ ।

मेलामा टाटा ईभी किन्ने चाहनले २० प्रतिशत डाउनपेमेन्ट सुबिधा समेत पाउनेछन् । टाटा टियागो, कर्भ, पन्च र नेक्सन के३ ईभीमा यो अफर लागनु हुने जनाइएको छ ।मेला जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।