जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले बजारमा उत्कृष्ट सुरुवात गरेको छ। कम्पनीले जनाए अनुसार सो कारले सार्वजनिक भएको २४ घण्टा भित्र नै ८ हजार बुकिङ प्राप्त गरेको छ । एमजी विन्डसर प्रो १७ लाख ४९ हजार भारु मूल्यमा लन्च गरिएको थियो ।
विन्डसर प्रो हाल सिंगल एसेन्स प्रो भेरिएन्टमा उपलब्ध छ । यसमा ५२.९ किलोवाट आवरको प्रिज्म्याटिक सेल ब्याट्री रहेको छ, जसले एक पटकको चार्जमा ४४९ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। कारको इन्जिनले अधिकतम १३४ बीएचपी पावर र २०० एनएमको अधिकतम टर्क उत्पन्न गर्न सक्छ।
सेफ्टीका लागि यसमा लेभल(२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जस्ता विशेषता छ । साथै, यसमा भेइकल टु लोड र भेइकल टु भेइकल चार्जिङ जस्ता आधुनिक सुविधा पनि उपलब्ध छ ।
यसको एक्सटेरियरमा नयाँ डायमन्ड(कट अलोय ह्विल डिजाइन दिइएको छ । कारको भित्री भागलाई ड्युअल–टोन आइभोरी र कालो अपहोल्स्ट्रीले सजाइएको छ। यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्यानोरामिक ग्लास रूफ र ९ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम जस्ता सुविधा उपलब्ध छ ।कारले २४ घण्टामै पायो ८ हजार बुकिङ






























