skip this prime bank skip

नेपाल भाषाको म्यूजिक भिडियो ‘सलिंचाय्’ सार्वजनिक

काठमाडौँ । नेपाल भाषाको म्युजिक भिडियो ‘सलिंचाय्’ सार्वजनिक भएको छ । नेवार समुदायको विशेष चाड ‘सिथिनखः’को अवसरमा सो भिडियो सार्वजनिक गरिएको हो ।

मगन इन्टरटेन्मेन्टले तयार पारेको भिडियोमा मुख्य कलाकार राष्ट्रिका शाक्य र रजिन महर्जन रहेका छन् । गायक सतीश महर्जनको स्वर रहेको गीतका लेखक कवि आर। मानन्धर हुन् ।

केही महिना पहिला पनि मानन्धरकै गीत ‘छंगु म्हगः गुलि बांलाः’ को म्यूजिक भिडिओ पनि प्रस्तुत भएको थियो । सो गीतले लोकप्रियता हासिल गरेपछि त्यसैको नामबाट यसलाई ‘छंगु म्हगः २’ को रुपमा प्रस्तुत गरिएको हो ।

यो  नेवार भोजको  वातावरणमा अयलाः (रक्सी) र सलिंचा (प्याला) को वरिपरि लेखिएको प्रेम गीत हो । यसमा प्रयोग भएको भिजुअलले त्यो वातावरणलाई राम्ररी उतारेको छ ।

गीतको बोल छ—
‘छं सलिंचाय् लुनाच्वन अय्लाः
त्वनेला मत्वनेला जुयाच्वन दः ला
छंगु ख्वाः लुयाच्वन सलिंचाय्
ल्व्हनेला मल्व्हनेला जुयाच्वन दः ला’
यसको अर्थ हो—
तिमीले सलिंचा (प्याला) मा हाल्दै छौ अय्लाः (रक्सी)
पिउँ कि नपिउँ हुँदै छ मलाई
तिम्रो मुहार देखिँदै छ प्यालामा
उठाउँ कि नउठाउँ हुँदै छ मलाई ।