युरो कपमा आज तीन वटा खेल, बेलुकी पौने ७ बजे रोमानिया र युक्रेन खेल्दै

काठमाडौं । यूईएफए युरो कप फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘ई’ का रोमानिया र युक्रेन खेल्दैछन् । यो खेल बेलुकी पौने ७ बजे म्युनिखमा रहेको अलिनाज एरिनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘ई’ कै बेल्जियम र स्लोभाकिया खेल्दैछन् । यो खेल राति पौने १० बजे फ्र्याङ्कफर्ट स्टेडियममा हुनेछ । यस्तै अर्को खेलमा अस्ट्रिया र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे मेरकुर स्पेल एरिनामा हुनेछ ।

गएको शुक्रवारदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।