जहाज उडाउन इन्जिन भाडामा लिने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।

न्यारोबडी ए–३२० कल ९–एन एकेडब्लु ९नेपाली नाम सगरमाथा० जहाजमा गत वर्ष फागुनदेखि भाडाको इन्जिन प्रयोग गर्दै आएको निगमले ग्राउन्डेड अर्को न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स उडानका लागि पनि इन्जिन भाडामा लिने तयारी गरेको छ ।

असार ३१ गते बिहान दुबईबाट काठमाडौँ फर्किएको न्यारोबडी ९–एन–एकेएक्स जहाज बायाँ इन्जिनको हाई प्रेसर टर्विन ट्रेलिङ एजमा समस्या देखिएपछि निगमको इन्जिनियरिङ विभागले चार साइकलभन्दा बढी उडाउन नमिल्ने बताउँदै हाल ग्राउन्डेड गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।