काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।
उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।






























