काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फिर्ता आएको छ।
जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमै फिर्ता गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ।
विमानस्थल स्रोतका अनुसार जहाजको प्रेसराइजेसन फेलियर भएको हो। जहाज काठमाडौँमा सुरक्षित अवतरण भइसकेको छ।