नेपाल साफ यु–१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै

काठमाडौँ । भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिप नेपालले चौथो खेलमा आज बंगलादेशसँग खेल्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो ।

यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् । नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भुटानसँग खेल्ने छ ।