स्पेन महिला युरो कपको फाइनलमा

स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।

अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ । इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।