महिला एसिया कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै

काठमाडौं । श्रीलंकामा जारी महिला एसिया कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै छ ।नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा युएइको महिला टोलीको सामना गर्न लागेको हो । खेल दिउँसो सवा २ बजे हुने छ ।

समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो ।

त्यसको ८ वर्षपछि नेपाली महिला टोलीले एसिया कप खेल्न लागेका हुन् । आज बिहिबारदेखि साउन १३ गतेसम्म चल्ने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । साउन १३ गते फाइनल हुनेछ ।

नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।