खेलको निर्धारित समयको केही सेकेन्डसम्म अग्रता लिएको स्लोभाकियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड युरो कप २०२४ को क्वाटरफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताबाट बाहिरिने संघारमा पुगिसकेको इंग्ल्यान्डले आइतबार राति भएको खेलमा शानदार पुनरागमन गर्दै सनसनीपूर्ण जित निकालेको हो।
स्लोभाकियाका लागि खेलको २५ औँ मिनेटमा इभान स्रान्जले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको पहिलो हाफ र दोस्रो हाफको केही सेकेन्डसम्म पछाडि परेको इंग्ल्यान्डले अन्तिम समयमा सनसनीपूर्ण जित निकालेको हो।
खेलको ९० मिनेट पूरा हुन केही सेकेन्ड मात्र बाँकी हुँदा जुड बेलिङहमले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।
अतिरिक्त समयमा ह्यारी केनले अर्को गोल गर्दै स्लोभाकियाविरुद्ध सनसनीपूर्ण जित पक्का गरेका हुन्। यो पुनरागमन जितसँगै इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको हो।





























