काठमाडौं । आइसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।
सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन मात्रै बनाउन सक्यो ।
सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले ४३ रन बनाए। यस्तै इब्राहिम जरदानले १८ रन बनाउँदा कप्तान रासिद खानले १९ रन जोडे ।
बंगलादेशका रासिद हुसेनले ३ विकेट लिँदा ताक्सिन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए । आजको खेल दुवैका लागि महत्वपूर्ण छ ।
बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ । अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना छ ।