काठमाडौं । टी–२० विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको छ ।
२ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा १ सय १४ रन बनाएर अलआउट भयो ।
जितसँगै वेस्ट इन्डिजले टी–२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान समेत बनाएको छ ।
घरेलु मैदानमा बिहान भएको खेलमा वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन बनाएको थियो । यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन ।