काठमाडौं। एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो।
नेपालको समूहमा जापान, कतार र मंगोलियाजस्ता बलिया राष्ट्र परेका छन्। यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ। छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ।
त्यसैगरी एएफसीले सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु–२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन्।
यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ।






























