थप तीन वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जे।बि।एन।एल। सेक्युरिटिटिज लि।, आर।वि।वि।सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा ब्रोकर कम्पनी र एउटा ललितपुरमा कार्यालय रहने कम्पनीलाई  सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिइएको धितोपत्र बोर्डले जनाएको छ ।

यसअघि कम्पनी तीन पटक गरेर १७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ ।

पहिलो पटक धितोपत्र बोर्डले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेकोमा ४५ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका छन् ।