नेप्सेले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले शुक्रबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको हो । एलिट स्टक हाउसले ब्रोकर नम्बर ६८ प्राप्त गरेको छ ।

त्यसैगरी इन्डेक्स सेक्युरिटिज ब्रोकर नम्बर ६९ पाएको छ भने इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० प्राप्त गरेको छ । यता, शुभकामना सेक्युरिटिजले ब्रोकर नम्बर ७१ पाएको छ भने हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर नम्बर ७२ दिइएको छ । कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गरेको छ भने ब्रोकर नम्बर ७३ पाउनेमा मनि वल्र्ड सेयर एक्सचेन्ज रहेको छ ।

योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ । यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए । पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सञ्चालन गरिसकेका छन् ।