मेरो सेयरमा पोर्टफोलियो किन अपडेट भएन ?

काठमाडौं । मेरो सेयरको पोर्टफोलियो फिचरमा समस्या देखिएको छ । सीडिएस एण्ड क्लियरिङको मेरो सेयर पोर्टफोलियो फिचरमा नयाँ बजार मूल्य आधारमा मूल्य परिमार्जन नहुने समस्या आएको हो ।

आइतबारदेखि उक्त समस्या देखिएको हो ।आइतबारदेखि सेयर बजार बढेपनि लगानीकर्ताको पोर्टफोलियोमा कुनै घट्बढ् भएको छैन । नेप्सेबाट आउने डेटामा समस्या आएपछि पोर्टफोलियो फिचरमा समस्या देखिएको सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

‘हिजोसम्म नेप्सेबाट आउने डेटा सीडीएको सिस्टममा आएको थिएन’ उनले भने, ‘आज डेटा आएको छ तर अपडेट भएको छैन ।’अहिले उक्त समस्याको समाधान गर्ने काम भइरहेको उनले बताए । तथापि, मेरो सेयरको अरु सेवाहरु भने चलिरहेको छ ।