काठमाडौं । सेयर बजारका लगानीकर्ताले आन्दोलनलाई निरन्तरता दिएका छन् । बजेट मार्फत गरिएका पुँजी बजार विरोधी कार्यक्रम नसच्याएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
यसैक्रममा आज बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतको घर घेराउ गर्ने कार्यक्रम तय भएको छ । उनीहरु शनिबार पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएका हुन् ।
यसैगरी, सेयर कारोबार ठप्प पार्न ब्रोकर कार्यालयको टीएमएस बन्द गर्ने तयारी भइरहेको आन्दोलनरत लगानीकर्ताहरुले बताएका छन् । पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गरिनुपर्ने लगायतका माग राखी लगानीकर्ता आन्दोलनमा होमिएका हुन् ।