काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपात (अर्थात् १ कित्ता शेयर बराबर नयाँ १.१२५ कित्ता) हकप्रद शेयर निष्कासन गर्दै छ ।
पुस ४ गतेदेखि मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक शेयरधनीहरुका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।
हकप्रद शेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।