काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लिमिटेडको मंसिर ११ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । लाभांश र हकप्रद प्रस्ताव सहित एनआरएनले पुस १२ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । साधारण सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।