काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।
बुधबारको अन्तिमा कारोबार मूल्य ६०७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।
समायोजन पश्चात यसको सेयर भाउ ५७८.१० रुपैयाँ कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबार खुला हुनेछ ।