आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं ।आज बिहीबार असोज ३ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार असोज ६ गते आइतबार बिहान ११ बजे खुल्नेछ ।