नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य सल्लाहकार नियुक्त

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेपाल उद्योग वाणिज्य महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त भएका छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत सोमबार शाक्यलाई महासंघको ब्यापार समितिको सल्लाहकारमा नियुक्त गरेका हुन् ।

महासंघका कार्यकारिणी समितिका सदस्य डा। सुवोध कुमार गुप्ताको सभापतित्वमा सो समिति गठन भएको छ ।