काठमाडौं । नखीपोट योग साधना केन्द्रले छैटौं वार्षिकोत्सव मनाएको छ । योग साधना केन्द्रले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक काम गर्दै आएको हो ।
सोही क्रमलाई निरन्तरता दिन वार्षिकोत्सवको अवसरमा केन्द्रले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।
सो क्रममा ५० जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । ललितपुर महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष अर्मतजंग महतको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न योग साधक साधिकाहरुले योगासम्बन्धी विभिन्न कला कौशलसमेत प्रदर्शन गरेका थिए ।
केन्द्रले यसअघि १ सय ६५ जना योग प्रशिक्षकलाई प्रशिक्षण दिनुका साथै निःशुल्क योग शिविरहरु पनि सञ्चालन गर्दै आएको छ ।