नेपाल धितोपत्र बोर्डले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौं । अन्ततः नेपाल धितोपत्र बोर्डले ७ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय भएको हो । एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन्

।नयाँ ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज रहेका छन् । यसैगरी, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले पनि लाइसेन्स पाएका छन् ।