आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १६४ रुपैयाँ ७५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।