काठमाडौं । नेपाल वायुसेवा निगमले २०८० जेठ २९ गतेदेखि भैरहवास्थि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ ।
निगमले काठमाडौं–क्वालालम्पूर–भैरहवा उडान गर्ने भएको हो । भैरहवाबाट हाल निगमले हप्ताको एकदिन मात्रै उडान गर्दै आइरहेको थियो ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तराष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्नका लागि सुटल बसको समेत व्यवस्था गर्ने भएको छ ।
उक्त व्यवस्था पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौंदेखि क्वालालम्पूर र जोहोरबारुसम्म, जोहोरबारुदेखि काठमाडौं भैरहवासम्मको टिकट लिन सकिने निगमले जनाएको छ ।