कनेक्ट आइपीएस ‘रिफर अ फ्रेन्ड’ मार्फत सजिलै भुक्तानी गर्न सकिने

काठमाडौं । कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्न सक्ने व्यवस्था ल्याएको छ ।

उक्त अफर अन्तर्गत २०८०, जेष्ठ १ गते देखि असार ३१ गतेसम्म रिफरले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफ्रेन्सले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफेरेरले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफेरेरल कोड दिनुपर्ने हुन्छ ।

रिफेररले भने कनेक्ट आइपएिसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफेल कोड दाखिला गरी एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात रिफेररले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफेरी ले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्नेछ ।

रिफेररले आफ्नो रिफेरल कोडसँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रिफेरीले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत  २,८५० अर्ब  बराबरको ३ करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फछयौंट भइसकेको छ ।