बार्सिलोनाले चार खेलअगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो ।
३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेको शीर्ष स्थानमा छ । समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा छ ।
अब बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेट्ने छैन । अब १२ अंकका लागि खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाइसकेको छ ।
बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हो ।