काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएको हो ।
पटक–पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाड्दै नहिंड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।
उहाँले महानगर क्षेत्रभित्र पर्चा र पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाड्न(नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताउनुभयो ।
उहाँले शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताउनुभयो ।
महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।