काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो
२१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।