संकटका बीच पनि अमेरिकी बैंकहरुको नाफा इतिहासकै उच्च

काठमाडौं । अमेरिकी बैंकिङ क्षेत्रको नाफा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सन् २०२३ को पहिलो त्रैमासमा अमेरिकी बैंकहरुको नाफा हालसम्मकै उच्च विन्दुमा पुगेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

बैंकिङ क्षेत्रमा देखिएका विभिन्न संकटका बीच अमेरिकी बैंकहरुले यस अवधिमा समग्रमा करिब ८० अर्ब अमेरिकी डलर नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको यसै अवधिको तुलनामा ३३५ धेरै हो । दुई बैंकको असफलता र सन् २००८ को वित्तीय संकटपछिको सबैभन्दा ठूलो तनावसँग संघर्ष गर्नु परेपनि अमेरिकी बैंकिङ क्षेत्रको प्रदर्शन राम्रो देखिएको हो ।

नाफा वृद्धिले बढ्दो ब्याजदर, कम ऋण डिफल्ट र रोजगारी बजारमा भएको विस्तारबाट अमेरिकी बैंकहरुलाई फाइदा भएको देखाएको छ । अमेरिकाका करिब ४ हजार ४०० बैंकहरुमध्ये १९७ वटा अर्थात ५ प्रतिशत भन्दा कम बैंकले मात्र पहिलो त्रैमासमा घाटा व्यहोरेको तथ्यांकले देखाएको छ ।

सम्पतिको आधारमा अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेसको नाफा सबैभन्दा धेरै ११.७ अर्ब डलर रहेको छ ।

जुन गत वर्ष ६।४ अर्ब मात्र थियो । यता, प्यासिफि वेस्टर्न बैंकले भने पहिलो त्रैमासमा सबैभन्दा धेरै १.२ अर्ब डलर नोक्सान व्यहोरेको छ ।