आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक रद्द

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको निष्कर्ष निकाल्दै दुई पब्लिकेसनका ती पाठ्यसामग्रीलाई दुई वर्षसम्म रोक लगाएको हो ।

केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका अधिकृत तारा पाण्डेद्वारा हस्ताक्षरित पत्रमा ती पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

आठराई पब्लिकेसनको कक्षा ५ को रसिलो नेपाली रहेको छ । त्यस्तै, ओयसिस पब्लिकेसनको कक्षा ६, ७, ४ र ५ को वन्डर इङ्लिस, कक्षा ६, ७ र ४ को इङ्लिस स्किल पाठ्यसामग्री रद्द गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।