आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।