काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ८ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख १० हजार पचास रूपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।