नेपालगन्ज। बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ ।
नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताए ।