बाजुरामा भुकम्प गयो

बाजुरा। बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४।१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।