धनगढी । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्लीबजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।
छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँने बुझिएको छ।