काठमाडौं । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित ‘नाडा अटो शो २०२६’आजदेखि शुरू हुँदैछ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरू हुने शो १४ गतेसम्म चल्नेछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना हुन लागेको यो संस्करणलाई विगतका प्रदर्शनीभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको आयोजकले बताएको छ।
अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्सियल गरी ५१ ब्राण्डले सहभागिता जनाउँदैछन् । २२ वटा कारका मात्रै ब्राण्ड रहेका छन्।
रिडारा, आयोन, जेएमईभी, टाटा (ईभी), सुजुकी, दीपल, अवतार, फोटोन, स्कोडा, नामी, चाँगन, प्रोटोन, बीवाईडी, जिली, बीएडब्ल्यू नेपाल, ओमोडा, जेको, जेटोर, एमजी (पारामाउन्ट मोटर्स), जीडब्ल्यूएम, लीपमोटर, एमहिरो र स्काइवेल लगायत ब्रान्डहरु शोमा सहभागी हुँदैछन्।
कमर्सियल ब्राण्डमा फोटोन, सोकन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स रहनेछन् ।
दुईपाङ्ग्रेमा रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्ट सहभागी हुँदैछन्। सवारी साधनबाहेक टायर, लुब्रिकेन्ट, स्पेयर पार्टस् लगायत दर्जनौं अटो कम्पनेन्ट कम्पनीहरूको पनि सहभागिता हुनेछ । यसका साथै करिब एक दर्जन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू रहनेछन्।































